छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

घटना क्रम देश समाचार

फाल्गुन ११ काठमाडौं । तनहुँ, बाँके र धादिङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१६ बालाजुमा शनिबार राति बा.२ ज १४३० नम्बरको ट्याक्सी र बा.७८ प १४० नम्बरको मोटरसाइकल एक आपसमा ठाेकिदा मोटरसाइकल चालक नुवाकोट घर भएका २२ वर्षीय निखिल तामाङको मृत्यु भएको छ ।

वीर अस्पताल ट्रमा सेन्टरमा उपचारको क्रममा निखिलकाे मृत्यु भएको हो । दुबै सवारी साधन र ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँ व्यास नगरपालिका–१२ कमलबारीमा ग.१ ख ९६१८ नम्बरको बसले शनिबार दिउँसो ठक्कर दिँदा ५० वर्षीया बिष्णुमाया थापा घर्तिको मृत्यु भएकाे छ । गम्भीर घाइते भएकी थापाकाे उपचारको क्रममा जिल्ला अस्पताल दमौलीमा मृत्यु भएको हाे ।

बाँके नेपालगञ्ज उपमहानगरपालिका–११ पासाङल्हामु सडकमा लु.३ त ५४३२ नम्बरको ट्याक्टरले शनिबार दिउँसो ठक्कर दिँदा ९० वर्षीय पैदलयात्री साबिर जसगडको मृत्यु भएकाे छ ।

दुर्घटनामा गम्भीर घाइते भएका साबिरकाे नर्सिङहोम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हाे ।

धादिङ बेनिघाट रोराङ गाउँपालिका–९ ज्यामिरेघाटस्थित सडकमा ना–५ ख ३७७७ नम्बरको ट्रक त्रिशुली नदी किनारमा खस्दा ट्रक चालक मकवानपुर भैसे बस्ने ४५ वर्षीय बिखे थोकरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका थोकरको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान गरिरहेको स्थानीय प्रहरीले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *