आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दोषीलाई कारवाही गर्न कर्मचारी एसोसिएसद्धारा ज्ञापनपत्र

AuthorAP Khabar२०७६ फागुन ११, आईतबार (४ साल अघि) २९५ पाठक संख्या

बारा, ११ फागुन।
नेपाल नगरपालिका कर्मचारी एसोसिएसन महागढीमाई नगरपालिका ईकाई बाराले कर्मचारीलाई कुटपिट गर्नेलाई कारवाहीको मांग गर्दै ज्ञापनपत्र बुझाएका छन ।

कर्मचारी एसोसिएसनले जिल्ला प्रशासन कार्याल बाराका प्रशासकिय अधिकृत ओमबहादुर खड्कालाई ज्ञापनपत्र बुझाएका हुन ।

नगरपालिकामा कार्यरत ट्रैक्टर चालक साहेब प्रसाद यादवलाई नगरपालिकाको कामकाजले खटाईएको कामकाज सम्पन्न गरी नगरपालिकामा राख्न जांदा २०÷२५ जनाको समुहमा आएकाहरुले यादवमाथि सांघातिक रुपमा गरेको हमलाको छानबिन गरी दोषीलाई कारवाही गर्न मांग गरेका छन ।

ट्रैक्टर चालक यादवमाथि भएको सांघातिक हमलाले नगरपालिकाको कर्मचारीहरुमा डर, त्रास, र भय सृजना भई कामकाज गर्ने समेत वातावरण नभएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

कामकाज गर्ने वातावरण नभएकोले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न कर्मचारी एसोसिएसनले मांग गरेको छ ।

दोषी माथि कारवाही नभए थप आन्दोलनका कार्यक्रम समेत गरिने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । कर्मचारी एसोसिएसनका सचिव रामविश्वास प्रसाद चौरसिया, निमित प्रशासकिय अधिकृत विजय कुशवाहा, प्रशासन शाखा प्रमुख गणनायक ठाकुर लगायत नगरपालिका कर्मचारी, नगर प्रहरीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस