आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शहीद स्मारक बि डिभिजनमा बाेइज युनियन विजयी

AuthorAP Khabar२०७६ फागुन ११, आईतबार (४ साल अघि) ५२९ पाठक संख्या

फाल्गुन ११ काठमाडौं

 शहीद स्मारक बि डिभिजन लिगको उद्घाटन खेलमा श्री कुमारी क्लबलाई हराउँदै बोईज युनियन क्लबले विजयी सुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेसमा आइतबाट शुरू भएको बि डिभिजन लिगको पहिलो खेलमा बोइज युनियनले कुमारी क्लबलाई २–० गोल अन्तरले हराएको हो । उसको जितमा वर्तमान राई र प्रदीप बोगटीले एक एक गोल गरे ।

वर्तमानले ४१औँ मिनटमा गोल गर्दै बोइजलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । यसपछि दोश्रो हाफको ७६औँ मिनटमा प्रदिपले गोल गर्दै बोईजलाई २–० को अग्रता दिलाए ।

खेलको इन्ज्युरी समयमा बोईज युनियनका अरुण लिम्बुलाई फाउल गर्दै लडाएपछि श्री कुमारीका गणेश बडुवालले रेड कार्ड खादै मैदान छोडे । जितसँगै बोईजले लिगमा तिन अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस