आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मुख्यमन्त्री राउतको आग्रहमा मेयर यादवद्धारा छोरी शिक्षा विमाको रकम तिन लाख थप्पने घोषणा ।

AuthorAP Khabar२०७६ फागुन ११, आईतबार (४ साल अघि) ४६२ पाठक संख्या

ओम प्रकाश यादव रौतहट, फागुन ११ गते

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको आग्रहमा रौतहटको माधवनारायण नगरपालिकाका मेयर विरन्द्र यादवले छोरी शिक्षा विमाको रकम तिन लाख थप्ने घोष्णा गर्नुभएको छ ।

प्रदेश २ सरकारको महत्वकांक्षी योजना बटी बचाउ बेटी पढाउ अभियान अन्तर्गत सञ्चालित छोरी शिक्षा विमा रकममा नगरपालिकाको तर्फबाट तिन लाख रुपैया दिने मेयर यादवले घोष्णा गरेका हुन ।

मेयर यादवले थप तिन लाख रुपैया दिने घोष्णा गरेसँग स्थानीय र प्रदेश सरकारको तिन तिन लाख गरी छोरी शिक्षा विमाको रकम ६ लाख भएको छ ।

रौतहटको माधोपुर बजारमा आज आयोजित मुख्य मन्त्री स्वच्छता अभियान अन्तर्गत सरसफाई एवं सडक बचाउ कार्यक्रममा मेयर यादवले छोरी शिक्षा विमा रकम तिन लाख थप्ने उदघोष गर्नुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री लालबाबु राउतले छोरी क्ष्शिक्षा विमा रकम बढाउन आग्रह गरेपछि मेयर यादवले सोही मंचबाट छोरी शिक्षा विमाको रकम तिन लाख थपेर दोब्बर पारेकोे बताउनुभयो ।

मेयर यादव छोरीको विमा रकम तिन लाख दिने घोष्णा गरेपछि माधवनारायण नगरपालिका भित्रका छोरीहरुले अब शिक्षा विमाको रकम ६ लाख पाउने भएको छ ।

विमा रकम बढाएको भन्दै नगरवासीले मेयर विरेन्द्र यादवको प्रशंसा गर्दै उहाँलाई धन्यवाद समेत दिएका छन ।

प्रतिक्रिया दिनुहोस