आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फतुआ विजयपुर नपामा आजदेखि छोरी शिक्षा बिमा शिविर सुरू

AuthorAP Khabar२०७६ फागुन ११, आईतबार (४ साल अघि) ३५४ पाठक संख्या

आरके श्रीवास्तव । रौतहट । फागुन ११
प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा र मुद्वती बचत शिविर फतुआ विजयपुर नपामा सुरु भएको छ । पहिलो दिन दुधिअवा माविको प्रांगनमा शिविर राखिएको थियो ।

फतुआ विजयपुर नपाका मेयर गोपाल राय यादव र उपमेयर खातुनले संयुक्त रूपमा रिबन काटेर गरि कार्यक्रम को उदघाटन गरेका थिए । राष्ट्रिय गानको साथ सुरु भएको कार्यक्रममा नगर प्रमुख यादवको अध्यक्षतामा कार्यक्रम आयोजन गरिएको थियोे ।

कार्यक्रममा पहिलो दिन ४२ जना छोरीको बिमा गरिएको मेयर यादवले बताए । २०७५ माघ १ गतेपछि जन्मिएका छोरीहरूलाई सो बिमा कार्यक्रममा सहभागी गराइएको थियो ।

बिमा कार्यक्रम अन्तर्गत प्रभु बैंकले छोरीको नाममा एक हजार रुपैयाँ जम्मा गरेर खोलेको खातामा प्रदेश सरकारले ३ लाखको लागि पर्ने प्रिमियम जम्मा गर्नेछ भने सो रकम छोरी मावि तह उत्तीर्ण भएपछि मात्र अभिभावकले निकाल्न पाउने बताईएको छ ।

सो रकम निकाल्न छोरीको उमेर २० वर्ष भएको हुनुपर्ने नियममा भनिएको छ । भोली फागुन १२ गते सन्तपुर स्वास्थ्य चौकी र फागुन १३ प्रावि बैरगनियामा शिविर संचालन हुने जनाइएको छ ।

नगर उप प्रमुख कान्तिी देवीको विशिष्ठ आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा वार्ड नम्बर १ का वडाध्यक्ष संजय प्रसाद साह, वडा नम्बर २ का वडाध्यक्ष भविछन राय यादव सहति सबै वाड का वडाध्यक्ष प्रभु बैंक का प्रतिनिधी ,बेटी पढाऊ बेटी बचाउ अभियान रौतहटका कृष्णा साह सहित वडावासीहरु ,राजनीतिक दलका प्रतिनिधि ,भद्रभलादमी को सहभागीता रहेको थियो ।

फतुआ विजयपुर नपामा ३ दिन सम्म संचालन हुने शिविरमा बिमा हुने छोरीहरूको घरमा सुबिसु द्वारा तीन महिनाको लागि फ्रि वाईफाई जडान गरिने जानकारी गराईएको थियो ।

बिमा शिविरमा बालिकाहरूको लागि निशुल्क स्वास्थ्य शिविर पनि संचालन गरिएको थियो । कार्यक्रममा बोल्दै मेयर यादवले बिमा रकम ३ लाख बाट बढाएर ६ पुर्याउने घोषणा गरेका थिए ।

कार्यपालिका को बैठकमा विमा रकमको प्रस्ताव लगने यति सबैको सहमती भए बिमा रकम बढाउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस