आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आज चट्याङ सहित पानी पर्ने

AuthorAP Khabar२०७६ फागुन १२, सोमबार (४ साल अघि) ३०१ पाठक संख्या

आज फागुन १२ गते सोमबार मध्य तथा पुर्वी भू-भाग साथै पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखाले बताएको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राती देशको मध्य तथा पुर्वी भू-भागमा आँशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागमा आंसिक बदली रहनेछ। मध्य तथा पुर्वी भू-भागका थोरै स्थानहरुमा र पश्चिमका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ । देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस