आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चुरोटको ठुटोबाट सिंहदरबारभित्र आगलागी

AuthorAP Khabar२०७६ फागुन १२, सोमबार (४ साल अघि) ४०६ पाठक संख्या

फाल्गुन १२ काठमाडौं

सिंहदरबारस्थित नेपाल टेलिभिजनको कार्यालय नजिक हुलाक सेवा विभागको भवनमा आइतबार साँझ आगलागी भएको छ । प्रहरीका अनुसार ननिभेका चुरोटका ठुटा डस्टविनमा राखिएको फोहोरमा सल्किँदा आगलागी भएको हो ।

साँझ ७ :२५ बजे सुरु भएको आगलागी ७:५० मा नियन्त्रणमा आएको थियो । आगलागीबाट प्यासेजमा रहेका केही कागजात जलेर नष्ट भएका छन् ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन् । डस्टविनमा चुरनेटको ठुटा फाल्ने व्यक्तिको सम्बन्धमा खुल्न सकेको छैन् । आगो सल्किएको खबर पाउनासाथ प्रहरी घटनास्थल पुगेको थियो ।

विद्युत सर्ट भएर आगलागी भएको हो की भन्ने शंका थियो र तर घटनास्थलमा विद्युतको तार भेटिएन् । जलेको डस्टविन प्यासेजमा थियो । त्यसैले ठुटाबाटै आगो सल्किएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएकोे छ । आजको नयाँपत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस