आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फतुवा बिजयपुरको मेयर यादवद्धारा छोरी शिक्षा विमाको रकम तिन लाख थप्पने घोषणा

AuthorAP Khabar२०७६ फागुन १२, सोमबार (४ साल अघि) ४८४ पाठक संख्या

फाल्गुन १२ रौतहट

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको आग्रहमा रौतहटको फतुवा बिजयपुर नगरपालिकाका मेयर गोपाल राय यादवले छोरी शिक्षा विमाको रकम तिन लाख थप्ने घोषणा गर्नुभएको छ ।

प्रदेश २ सरकारको महत्वकांक्षी योजना बटी बचाउ बेटी पढाउ अभियान अन्तर्गत सञ्चालित छोरी शिक्षा विमा रकममा नगरपालिकाको तर्फबाट तिन लाख रुपैया दिने मेयर यादवले घोषणा गरेका हुन ।

मेयर यादवले थप तिन लाख रुपैया दिने घोषणा गरे सँगै स्थानीय र प्रदेश सरकारको तिन तिन लाख गरी छोरी शिक्षा विमाको रकम ६ लाख भएको छ ।

रौतहटको दुधिआवा मा. वि स्कुलमा हिजो आयोजित छोरी शिक्षा बिमा। मुद्दति बचत कार्यक्रम मा बोल्दै कार्यक्रममा मेयर यादवले छोरी शिक्षा विमा रकम तिन लाख थप्ने उदघोष गर्नुभएको छ ।

कार्यक्रमका बिशिष्ट अतिथिको रुपमा उप मेयर कान्ती देवी, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान आफ्ना मन्तव्य राख्नुभएको थियो भने प्रदेश सरकारको आग्रहपछि मेयर यादवले सोही मंचबाट छोरी शिक्षा विमाको रकम तिन लाख थपेर दोब्बर पारेकोे बताउनुभयो ।

मेयर यादव छोरीको विमा रकम तिन लाख दिने घोष्णा गरेपछि माधवनारायण नगरपालिका भित्रका छोरीहरुले अब शिक्षा विमाको रकम ६ लाख पाउने भएको छ ।

विमा रकम बढाएको भन्दै नगरवासीले मेयर गोपाल राय यादवको प्रशंसा गर्दै उहाँलाई धन्यवाद समेत दिएका छन

प्रतिक्रिया दिनुहोस