आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बिपी राजर्मागको सिन्धुली खुर्कोट खण्डमा गाडीको ठक्करबाट एकको मृत्यु

AuthorAP Khabar२०७६ फागुन १२, सोमबार (४ साल अघि) ६४८ पाठक संख्या

फाल्गुन १२ सिन्धुली

बिपी राजर्मागको सिन्धुली खुर्कोट खण्डमा गाडीको ठक्करबाट एकको मृत्यु भएको छ । जिल्लाको गोलन्जोर गाउँपालिका ७ खुर्कोट स्थित पलासेँ भन्ने स्थानमा गाडीले ठक्कर दिँदा स्थानिय ५५ बर्षिय नन्दलाल श्रेष्ठको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनभुयो ।

नायब उपरिक्षक खत्रीका अनुसार मृतक श्रेष्ठलाई बिहानीपख गाडीले ठक्कर दिएको हुनसक्ने बताउनुभयो । कुन गाडीले ठक्कर दियो र कति बेला ठक्कर दियो भन्ने खुल्न सकेको छैन् ।

श्रेष्ठ बिहान घरबाट खुर्कोट बजार तरकारी बेच्न जाँदै गर्दा ठक्कर दिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । ठक्कर दिने गाडी र चालक फरार भएरको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस