आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ललितपुर र भक्तपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

AuthorAP Khabar२०७६ फागुन १२, सोमबार (४ साल अघि) ३३० पाठक संख्या
फाल्गुन १२ काठमाडौं
 ललितपुर र भक्तपुरका भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका–८ बालकुमारी खरिबोटमा आइतबार दिउँसो बा.३८ प ८३५७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक काठमाडौं लाजिम्पाट बस्ने ३१ वर्षीय दिवस किशोर भट्टराई र मोटरसाइकलमा सवार ३२ वर्षीया ललिता राई रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि बी एण्ड बी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

भक्तपुर नगरपालिका–९ च्यामासिंहमा आइतबार साँझ बा.३ क ३५८८ नम्बरको ट्रकले ठक्कर दिँदा कमलबिनायक बस्ने ११ वर्षीय पैदलयात्री तिलक मकाजुको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका तिलकको जनस्वास्थ्य सेवा केन्द्र भक्तपुर हुँदै बि एण्ड बि अस्पताल ग्वार्खो ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालक २६ वर्षीय शुरेश मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस