आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

युवा नेता राजकुमार दास दोश्रो पटक व्यवस्थापन समितिको अध्यक्षमा निर्विरोध निर्वाचित

AuthorAP Khabar२०७६ फागुन १२, सोमबार (४ साल अघि) २७० पाठक संख्या

ओम प्रकाश यादव
फागुन १२ गते, रौतहट ।
समाजवादी पार्टिका युवा नेता राजकुमार दास आज दोश्रो पटक एक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन ।

रौतहटको गरुडा नगरपालिका वडा नं ९ स्थित रहेको श्री माध्यमिक विद्यालय नयाँ गम्हरीया श्रीपुरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा युवा नेता दास सर्वसहमतिले चएन भएका छन ।

विद्यालय व्यवस्थापन समिति गठन गर्न विद्यालयको प्रांगनमा आज बसेको बैठकले व्यवस्थापन समितिको अध्यक्षमा पूर्व शिक्षक समेत रहेका राजकुमार दासलाई चएन गरेको हो ।
युवा नेता दासको अध्यक्षतामा ७ सदसीय व्यवस्थापन समिति गठन गरिएको छ ।

गठित समितिको सदस्यहरुमा बसन्त ठाकुर, कुसुम देवी यादव, अमिता कुमारी देवी लगाएतलाई सर्वसहमतिले चएन गरिएको छ ।
नेता दास तिन वर्ष अघि पनि मावि नयाँ गम्हरीया श्रीपुरको व्यवस्थापन समितिको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

यसभन्दा अघि श्रीपुर विद्यालयको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका नेता दास आजदेखी दोश्रो पटक उक्त विद्यालयको व्यवस्थापन समितिको जिम्मेवारी सम्हालेका हुन ।

प्रतिक्रिया दिनुहोस