आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ

AuthorAP Khabar२०७६ फागुन १२, सोमबार (४ साल अघि) ४७० पाठक संख्या
फाल्गुन १२ काठमाडौं ।
भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय रुपैयाँ घुस माग गरेको अभियोगमा सव इञ्जिनीयर नवलेशकुमार रौनियार पक्राउ गरेका हुन् ।

कास्कीको मादी गाउँपलिका–९ का सेवाग्राहीसँग जिल्ला आयोजना कार्यान्वयन एकाइ कास्कीबाट खटिएका सवइञ्जिनीयर रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार गरेको हो ।

रआयोजना कार्यान्वयन इकाइ कास्कीबाट प्राप्त भएको पत्रका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले रौनियारलाई पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

यस्तै हुलाक बचत बैंकको रकम हिनामिना गरेको अभियोगमा जिल्ला हुलाक कार्यालय बझाङका कार्यालय प्रमुख रणबहादुर कठायत र त्यही कार्यालयका खरिदार शिवाराज उपाध्यायविरुद्ध  विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सार्वजनिक कोषको संरक्षण गर्नुपर्ने दायित्व विपरीत उनीहरुले २ करोड ९४ लाख ८९ हजार ९ सय ७१ रुपेयाँ बराबरको दुरुपयोग गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगले उनीहरुविरुद्ध बिगो असुल गरी कैद सजायको समेत माग गरी मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस