आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

स्याटेलाइट खरिदमा पनि बाँस्कोटाकाे शंकास्पद भूमिका

AuthorAP Khabar२०७६ फागुन १३, मंगलबार (४ साल अघि) ३८५ पाठक संख्या

फाल्गुन १३ काठमाडौं सेक्युरिटी प्रेस खरिदमा घूस मागेको सार्वजानिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्याटेलाइट परियोजना प्रक्रियामा पनि शंकास्पद काम गरेकाे पाइएको छ ।

१२ देशका २२ वटा कम्पनीले नेपालको स्याटेलाइट राख्न रुचि देखाएका भएपनि बाँस्कोटाले जी टु जी  मार्फत एउटै कम्पनीसँग समझदारी अगाडी बढाएका थिए ।

नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइट स्थापनाको तयारी स्वरुप गठन गरेको अध्ययन समितिको प्रतिवेदन र सार्वजानिक खरिद ऐनलाई लत्याउँदै बाँस्कोटाले बिना प्रतिस्पर्धा जी टु जी मार्फत परियोजना अगाडी बढाएका थिए ।

बाँस्कोटाको युरोप भ्रमणका क्रममा गत वर्ष फ्रान्सेली कम्पनी थ्यालस एलेनियनसँग स्याटेलाइट खरिदका लागि सम्झौतामा हस्ताक्षर भएको थियो ।

दूरसञ्चार प्राधिकरणले २०७३ सालमा स्याटेलाइट निर्माणका लागि अन्तराष्ट्रिय रुपमा आशय मागेको थियो । जसमा अमेरिका, चीन, भारत, थाइल्याण्ड, सिंगापुर, क्यानडा, फ्रान्स जापान, कोरिया, इजरायल, रसिया गरी २२ वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए ।

यति धेरै प्रस्ताव परेको भएपनि सरकारले सोझै एक कम्पनीलाई जी टु जी प्रक्रियामार्फत स्याटेलाइट निर्माणको जिम्मा दिँदा लागत महंगो पर्ने र सरकारको भूमिका कम हुने जानकारहरु बताउँछन् । आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस