आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

महागढीमाइ नगरपालिकामा भोजपुरी शिक्षक पदपुर्तीको नतिजा प्रकाशन अन्यौलमा

AuthorAP Khabar२०७६ फागुन १३, मंगलबार (४ साल अघि) १३३५ पाठक संख्या

एपी संवाददाता 
बरियारपुर : बिगत डेढ बर्ष अगाडि महागढीमाई नगरपालिकाले प्राथमिक तहको लागि मांग गरिएको भोजपुरी शिक्षकको नतिजा प्रकाशन नभएपछी अन्यौलता थप्पिदै गएको छ ।

महागढीमाई नगर अन्र्तगत ३८ वटा प्राथमिक बिधालयको ३८ वटा भोजपुरी शिक्षकको पदका लागि खुला गरिएको बिज्ञापनमा झण्डै २ सय ७९ जनाले रु पाँच सय दस्तुर बुझाई फर्म दर्ता गराएको थियो ।

महागढीमाई नगरपालिका अन्तर्गत रहेको शिक्षा समिति र नगर प्रमुख उपेन्द्र प्रसाद यादवको आपसि तालमेल हुन नसेकोले भोजपुरी शिक्षकको नियुक्ति प्रक्रिया अगाडि बढाउन नसकेको गुनासो बढेको छ ।

भोजपुरी शिक्षाको लागि त्यतिबेला महागढीमाई नगरपालिकाले बजेट खर्च गरि पाठ्यपुस्तक समेत छापाई सकेके थियो । भोजपुरी शिक्षकको नतिजा हाल सम्म प्रकाशित हुन नसकेपछि झन अन्यौलता थप्पिदै गएको छ ।

भोजपुरी शिक्षकको लागि मौखिक अन्तर्वार्ता समेत भई सकेको तर पनि नतिजा प्रकाशित नभएकोले हामी अन्यौलमा रहेको केही परिक्षार्थीहरुले नाम उल्लेख नगर्ने सत्रमा बताएका छन् ।

भोजपुरी शिक्षकको लागि प्रदेश न २ को सरकारले शर्सत अनुदानमा ८० लाख बजेट महागढीमाई नगरपालिकाको खातामा आएको तर भोजपुरी शिक्षकको नियुक्ति प्रक्रिया अगाडि नबढाईएको अवस्था रहेको छ ।

यता महागढीमाई नगरपालिकाको कर्मचारी पदपूर्तिका संयोजक कालिकानन्द ठाकुरले भोजपुरी शिक्षकको नतिजा चाडै प्रकाशित गर्ने बताएका छन् ।

आपसी तालमेल नमिलेकोले भोजपुरी शिक्षकको नतिजा नै रद गरिने संभावना बढ्दै गएको परिक्षार्थीहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस