आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ट्रयाक्टरको ठक्करबाट बालिकाको मृत्यु

AuthorAP Khabar२०७५ पौष ९, सोमबार (५ साल अघि) ३९२ पाठक संख्या

गुल्मी , पुष ९ : मदाने गाउँपालिका–२ पुर्कोटदहमा ट्रयाक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्युठानको गौमुखी गाउँपालिका–५ घर भई हाल पुर्कोटदहस्थित मामाघरमा बस्दै आएकी ९ वर्षीया एलिशा केसी रहेको प्रहरीले जनाएको छ ।

उनलाई लु ३ त ५३०९ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो । ट्रयाक्टर चालक अर्घाखाँचीको शीतजंगा नगरपालिकाका ३८ वर्षीय टीकाराम सुनारलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय पुर्काेटदहमा राखिएको प्रहरी निरीक्षक रवीराज थपलियाले जानकारी दिनुभयाे ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस