आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पतिभन्दा १० वर्ष जेठी छिन् प्रियंका चोपडा, निक भन्छन्, ‘मलाई केही फरक पर्दैन’

AuthorAP Khabar२०७६ फागुन १५, बिहिबार (४ साल अघि) ५१६ पाठक संख्या

फाल्गुन १५ एजेन्सी :

बलिउड नायिका प्रियंका चोपडाले अमेरिकी गायक निक जोनससँग विवाह गरिन् ।

उनीहरुको विवाहपछि सामाजिक सञ्जालमा निक र प्रियंकाको निकै चर्चा समेत भयो । उनीहरुको जोडीलाई धेरैले मन पनि पराए ।

तर यो जोडी ट्रोलमा पनि उत्तिकै छायो । प्रियंकाभन्दा १० वर्ष कान्छा निक उमेरकै कारणले समय सयममा चर्चामा आइरहन्छन् ।

प्रियंका अहिले ३७ वर्षकी भइसकेकी छिन् भने निक २७ वर्षका मात्र भएका छन् । उनीहरुलाई समय सयममा उमेरको विषयलाई लिएर उनीहरुमाथि प्रश्न उठ्ने गर्छ ।

पछिल्लो समय एउटा रियालिटी शोमा निर्णायकको भूमिकामा रहेका निकलाई एकजनाले उनीहरुको उमेरलाई लिएर एक जनाले प्रश्न गरेका छन् ।

निकले आफूलाई आफ्नी पत्नीको उमेरले केही फरक नपार्ने बताएका छन् ।

उनले सञ्चार माध्यमले जति उमेरलाई चासो दिएपनि आफूलाई केही फरक नपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस