आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दैलेखमा पेट्रोल उत्खनन् : सकियो पहिलो चरणको सर्वेक्षण

AuthorAP Khabar२०७६ फागुन १६, शुक्रबार (४ साल अघि) ४४५ पाठक संख्या

फाल्गुन १६ दैलेख

श्रीस्थान, नाभीस्थान, पादुकालगायतका क्षेत्रमा पेट्रोलियम अन्वेषणकाे लागि खनिएका १० वटा लाइनको सिस्मिक सर्वेक्षण सकिएको छ ।

अन्वेषणका लागि खनिएका ३ वटा पूर्वपश्चिम र ७ वटा उत्तरदक्षिण दिशाका १० वटा लाइनमा यस्तो सर्वेक्षण गरिएको हो ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद डा.गणेशनाथ त्रिपाठीका अनुसार माघको दोस्रो साताभित्र सर्वेक्षण सम्पन्न गर्ने भनिए पनि वर्षाका कारण काम प्रभावित भएपछि फागुनको पहिलो साता मात्र काम सकिएको हो ।

चिनियाँ प्राविधिक टोलीले संकलन गरेको स्रोत र चट्टानको नमूना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएको चिनियाँ प्राविधिक टोलीले आफूलाई जानकारी गराएको र जमिनमुनि पेट्रोलियम पदार्थ थुनेर राख्न सक्ने संरचना हुन सक्ने यथेष्ट प्रमाण अन्वेषणबाट देखिएको त्रिपाठीको भनाइ छ ।

सर्वेक्षण सकिएपछि प्राविधिक टोली चीन फर्कने र त्यसको नतिजा आउनासाथ मुख्य काम शुरू गरिनेछ । अन्वेषणात्मक ड्रिलिङबाट पेट्रोलियम रहेकाे पुष्टि भएमा भण्डारको आर्थिक विश्लेषण अन्तर्गत भण्डारको आकार , प्रकार र आयतन , व्यापारिक रुपमा उत्पादन गर्न सकिने पेट्रोलियमको मात्रा आदिको विश्लेषण गरी प्रमाणित भण्डार व्यापारिक प्रयोजनका लागि उपयुक्त छ वा छैन ? त्यसको निश्कर्ष निकालिनेछ ।सभार जनता समचार

प्रतिक्रिया दिनुहोस