आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

घट्यो लसुनको मूल्य

AuthorAP Khabar२०७६ फागुन १८, आईतबार (४ साल अघि) ५०३ पाठक संख्या

फाल्गुन १८ काठमाडौं बजारमा लसुनको मूल्य घटेको छ । भारतीय लसुनको आयात हुन थालेपछि बजारमा लसुनको मूल्य घटेको हो ।

चीनमा देखिएको कोरोना भाइरसका कारण चीन–नेपाल सीमानाका बन्द गरिएपछि व्यापारीहरूले लसुनको अभाव भएको भन्दै मूल्य बढाएका थिए । यसरी बढेको मूल्य अहिले भारतीय लसुनका कारण दिनप्रतिदिन घट्दै गएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार पुस अन्तिम साता चिनियाँ लसुनको थोक मूल्य प्रतिकिलो २२० थियो ।

तर, आयात बन्द भएपछि व्यापारीहरूले आफूसँग भएको लसुन होलसेलमा प्रतिकिलो ७ सयदेखि ८ सयसम्ममा बेचेको कालीमाटी तरकारी बजारका व्यवसायी रामबहादुर क्षत्रीले बताए ।

भारतीय लसुनको आयात हुन थालेपछि लसुनको मूल्य घटेर प्रतिकिलो ४२० कायम भएको छ । त्यसैगरी भारतीय लसुनको मूल्य प्रतिकिलो २८० रहेको छ ।

प्रतिक्रिया दिनुहोस