आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

AuthorAP Khabar२०७६ फागुन १८, आईतबार (४ साल अघि) ३१३ पाठक संख्या

फाल्गुन १८ काठमाडौं :

सिरहा, मकवानपुर, सुनसरी र कैलालीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

सिरहाको धनगढीमाई नगरपालिका–७ मा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो ना.१ ज ६४५८ नम्बरको गाडी अनियन्त्रित दुर्घटना हुँदा गाडीमा सवार धनुषा मिथिला नगरपालिका–२ बस्ने ६५ वर्षीया रामरतीदेवी महराको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको विराटनगर नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका २ जनाको विराटनगर नर्सिङ होममा र अन्य १८ जनाको भुमिजा अस्पताल गोलबजार, जेएस पोलीक्लिनिक र जनशक्ति पोलिक्लिनिकमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित सडकमा ना.६३ प ७७३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका थानाभर्यारङ बस्ने निरज रानाको ८ वर्षीय छोरा निर्जल रानाको शनिबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका(९ लामसुरे बस्ने २४ वर्षीय निकेश सुबेदी र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने निरज सुवेदीलाई चुरेहिल अस्पालत हुँदै थप उपचारका लागि न्यूरो अस्पताल रिफर गरिएको छ ।

त्यस्तै, सुनसरीको कोशी गाउँपालिका–४ स्थित सडकमा ना।३ ख ७९११ नम्बरको कन्टेनरको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको शनिबार राति घटनास्थलमै मृत्यु भएको छ । कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकस्थित सडकमा ना.५ ख २९२७ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँ बस्ने ३० वर्षीय नबिन बोगटीको शनिबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस