आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्रीको मृर्गौला प्रत्यारोपण पर्सि

AuthorAP Khabar२०७६ फागुन १९, सोमबार (४ साल अघि) ५५५ पाठक संख्या

फाल्गुन १९ काठमाडौं

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले फागुन १५ गते भनेका थिए, म केही दिनमै मृगौला प्रत्यारोपण गर्दैछु । पाँच दिन अस्पताल बस्छु । छ दिनदेखि घर फर्किएर फेरि काममा लाग्नेछु ।

उनले त्यसको तीन दिनमै प्रत्यारोपणको मिति अप्रत्याशित रुपमा तय गरेका छन । ओलीको मृगौला प्रत्यारोपण दोस्रो पटक बुधबार त्रिवि शिक्षण अस्पताल महराजगञ्जमा हुने भएको छ ।

उनी आज अस्पताल भर्ना हुँदैछन ।त्यसका लागि आइतबार बिहान ग्राण्डी अस्पतालमा उनको स्वास्थ्य जाँच गरिएको थियो । पहिलो पटक ओलीको मृर्गौला प्रत्यारोपण २०६४ सालमा भारतको अपोलो अस्पतालमा गरिएको थियो ।

त्यसबेला वुहारी नाताकी अन्जना घिमिरेले दिएकी थिईन् । पहिलो भन्दा दोस्रो पटकको प्रत्यारोपण अलिक जटिल हुने चिकित्सिक बताउँछन् ।

ओलीलाई दास्रोपटक मृर्गौला दिन आफन्त नाताकी एक महिला तयार भएकी छन् । आजको अन्नपूर्णपोस्टमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस