आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

म्याड्रिडसँग बार्सिलोना पराजित

AuthorAP Khabar२०७६ फागुन १९, सोमबार (४ साल अघि) ४५९ पाठक संख्या

फाल्गुन १९ काठमाडौं ।

स्पेनिस ला लिगको ‘एल क्लासिको’ मा रियल म्याड्रिडले क्याटलान क्लब बार्सिलोनालाई पराजित गरेको छ । सान्टियागो बर्नबेउमा भएको खेलमा रियलले बार्सिलोनालाई २–० ले पराजित गरेको हो ।

निकै नै महत्वपुर्ण मानिएको खेलमा बार्सिलोनालाई हराउदै रियलले शीर्षस्थानमा १ अंकको अग्रतासहित पूनरागमन गरेको छ । जितसँगै रियललको २६ खेलबाट ५७ अंक जोडेर शीर्षस्थानमा उक्लन सफल भएको हो ।

पराजित बार्सिलोनाको समान खेलबाटै ५६ अंक रहेको छ । बर्नबेउमा निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा रियलको जितमा युवा ब्राजिली फरवार्ड भिनिसियस जुनियर र मारियानो डियाजले गोल गरे ।

लगातार दुई आक्रमण विफल भएको रियलले ७१औं मिनेटमा अग्रता लिन सफल भयो । टोनी क्रुसको पासमा भिनिसियस जुनियरले उत्कृष्ट फिनिस गर्दै रियललाई अग्रता दिलाए ।

जुनियरको प्रहार जेरार्ड पिकेलाई डिफ्लेक्ट हुदै गोलमा परिणत भएको थियो । इन्ज्युरी समयमा सब्सिच्युट मारियानो डियाजले मैदान छिरेको पहिलो मिनेटमा गोल गर्दै रियललाई २–० को जित दिलाए ।

दोस्रो हाफमा बार्सिलोनाले गतिलो आक्रमण बुन्न सकेन । डियाज इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा करिम बेन्जेमाको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले पहिलो मुभमै ड्यानियल कार्भाहलको पासमा गोल गर्न सफल भए ।

जितसँगै रियलले एल क्लासिकोमा बार्सिलोनालाई १०० पटक हराउन सफल भएको छ । हालसम्म यी दुई टोली २७७ पटक आमने सामने भएका छन् ।

बार्सिलोनाले ११५ पटक जित निकाल्दा ६२ खेल बराबरीमा सकिएको छ । यस्तै ला लिगामा रियलले धैरे क्लासिको जित्न सफल भएको छ । ला लिगामा मात्रै यि दुई टोली १८० पटक प्रतिस्पर्धा गर्दा रियलले ७३ खेलमा जित निकाल्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस