आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बलिउडका यी अभिनेत्री, जोसँग छ आफ्नै प्राइभेट प्लेन

AuthorAP Khabar२०७६ फागुन १९, सोमबार (४ साल अघि) ६१० पाठक संख्या

फाल्गुन १९ एजेन्सी  :

संसारमा धेरै करोडपति मानिस छन्, जो संसारमा सबै चीज किन्न सक्षम छन् । उनीहरुका लागि ठूला दरबार, महंगा कार र बाइक हुनु सामान्य हुन्छ ।

तर, त्यहा केही बलिउड सेलिब्रिटीहरू छन् जसको स्थिति अझ उच्च छ । बलिउडका केहि सेलिब्रेटीहरु ऐसआराम र सुविधासम्पन्न जीवन बिताउछन् । बलिउडमा अभिनेत्रीहरु पनि अभिनेताहरु भन्दा कम छैनन् ।

आफ्नो दक्षता र क्षमताका आधारमा अभिनेताले भन्दा बढी आय आर्जन समेत गर्ने गरेका छन् । आज हामी बलिउडका यस्ता अभिनेत्रीका बारेमा चर्चा गछौं, जो आफ्नै प्राइभेट प्लेनमा मोजमस्ती गर्छन ।

सनी लियोनी


बलिउडकी हट एण्ड बोल्ड अभिनेत्री सनी लियोनी छोटो समयमा नै निकै चर्चा बटुल्न सफल अभिनेत्री हुन् । सन् २०१२ मा लियोनले पुजा भट्टद्वारा निर्देशित बलिउड चलचित्र जीसम २ मा अभिनय गरिन् ।

त्यसपछि अभिनयलाई कायम राख्दै उनले ज्याकस्पट (२०१३), रागिनि एमएमएस २ (२०१४) एक पहेली लिला (२०१५) मा अभिनय गरिन् । सन् २०११ मा उनी भारतीय टेलिभिजन कार्यक्रमबिग बोसमा सहभागी बनिन् । उनले अर्को टिभी कार्यक्रम स्प्लिट्सभिलामा पनि सञ्चालकको भूमिका निभाएकी छन् ।

अभिनय जगतभन्दा बाहिर उनले विभिन्न सामाजिक कार्यहरूमा पनि चासो राख्ने गरेकी छन् । उनि मुम्बईस्थित बान्द्राको एक शानदार फ्ल्याटमा बस्छिन् । यसका अलावा सनीसँग आफ्नै प्राइभेट जेट समेत छ ।

प्रियंका चोपडा


बलिउडसँगै हलिउडमा समेत चर्चामा रहेकी अभिनेत्री प्रियंका चोपडासँग निकै सम्पति छ । उनि एउटा चलचित्रमा अभिनय गरेबापत १ करोड पारिश्रमिक लिने गर्छिन् । २०१८ को डिसेम्बरमा हलिउड गायक निक जोनससँग विवाह गरेकी उनिसँग पनि आफ्नै प्राइभेट जेट छ । प्रियंकाको न्युयोर्कमा आफ्नै घर पनि छ ।

शिल्पा शेट्टी

Image result for shilpa shetty private jet price


बलिउडकी सुन्दर र फिट अभिनेत्री शिल्पा शेट्टीको सुन्दरता र उनको लुक पहिले जस्तै अतुलनीय छ । शिल्पाले करियरमा धेरै सुपरहिट फिल्महरूमा काम गरिसकेकी छन् । शिल्पा शेट्टीको आफ्नै आईपीएल टीम छ । उनका श्रीमानको पनि ठूलो व्यापार हुन् । शिल्पासँग पनि व्यक्तिगत जेट छ ।

माधुरी दीक्षित

Image result for madhuri dixit private jet


एक दशकसम्म बलिउडमा शासन गर्ने माधुरी दीक्षितको करोडौंको सम्पत्ति छ । श्रीराम नाइनसँग विवाह गरेपछि माधुरीले बलिउडबाट दूरी बढाएकी थिइन् । माधुरी दीक्षितको पनि आफ्नै निजी जेट छ ।

प्रतिक्रिया दिनुहोस