आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोनाबाट इरानका सर्वोच नेताका सल्लाहकारको मृत्यु

AuthorAP Khabar२०७६ फागुन २०, मंगलबार (४ साल अघि) ५८८ पाठक संख्या

फाल्गुन २० काठमाडौं । कोरोनाबाट इरानका सर्वोच नेताका सल्लाहकारको मृत्यु भएको छ । सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइका सल्लाहकार मोहम्मद मिरमोहमम्द्दीको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको हो ।

यसअघि, देशका प्रमुख धर्मगुरुमध्ये एक रहेका हादी खोस्रोसाहीको बिहीबार कोरोनाभाइरसकै संक्रमणका कारण मृत्यु भएको थियो ।

राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उपराष्ट्रपति मोसुमेह इब्तेकार र कोरोनाभाइरसविरुद्ध गठन गरिएको सरकारी टास्कफोर्सको नेतृत्व गरिरहेका उपस्वास्थ्यमन्त्री इराज हारिर्ची पनि कोरोनाभाइरसबाट संक्रमित बनेका छन् ।

गत हप्तादेखि इरानमा कोरोनाभाइरसको संक्रमण फैलिन थालेको हो । सोमबारसम्म यसबाट ६६ जनाले ज्यान गुमाइसकेका छन् भने देशमा यसबाट १५ सयभन्दा बढी संक्रमित बनेका छन् । यसबीच २९१ जना सफल उपचारपछि घर फर्किएका छन् ।

मध्यपूर्वमा इरानमा सबैभन्दा बढी कोरोनाभाइरसको संक्रमण देखिएको छ । त्यस्तै, भाइरसको उत्पत्ति भएको चीनबाहिर इरानमा नै सबैभन्दा बढीले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस