कोरोना भाइरस को संक्रमणबाट अमेरिकामा हालसम्म ६ जनाको मृत्यु

प्रवास समाचार स्वास्थ्य/शिक्षा

फाल्गुन २० काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा हालसम्म ६ जनाको मृत्यु भएको छ । वासिंटन राज्यको किङकाउन्टीमा ५ जना र स्नोहोमि काउन्टीमा १ जनाको मृत्यु भएको हो ।

अमेरिकामा हालसम्म ९६ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका छन् । उपचार भइरहेका ७ जनाको अवस्था गम्भीर रहेको छ भने ९ जनाको सफल उपचार गरिएको जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *