आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोनासँग लड्ने क्षमता कसरी बढाउने ?

AuthorAP Khabar२०७६ फागुन २०, मंगलबार (४ साल अघि) ७७८ पाठक संख्या

फाल्गुन २० काठमाडाैं । पछिल्लो समय विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि यसबाट बच्ने उपायबारे बहस प्रारम्भ भएको छ । खासगरी स्वास्थ्य क्षेत्रका विज्ञहरुले कोरोनाबाट जोगिनका लागि मानिसहरुले आफ्नो रोग प्रतिरोधात्मक क्षमता कम हुन नदिन र रोगसँग लड्ने क्षमता विकास गर्नमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार मानिसहरुले पोषिलो र घरमा बनेको खाने कुरा खाने र हरियो सागसब्जी, फलफुल, दुध तथा गेडागुडी नियमित खानेगरेमा कोरोनाले संक्रमण नगर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा आफ्नो फसबुक स्टाटसमा डा. पाण्डेले भनेका छन्, नियमित व्यायाम तथा योग गर्ने, घाममा बस्ने, चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगर्ने, लसुन, प्याज, टिमुर, जिरा, धनियाँ, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने, भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फल खाने, ब्रोकाउली तथा च्याउ खाने र नियमित सरसफाईमा ध्यान दिने हो भने कोरोनाले संक्रमण गर्न सक्दैन् ।

डा. पाण्डेको फेसबुक स्टाटस :

हाम्रो आकाश तथा धर्तीमा करोडौं किटाणु छन् । त्यसमध्ये नोबेल कोरोना एउटा भाइरस हो । रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । रोगसँग लड्ने क्षमताको विकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौँ ।

१. पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं । हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने गरौं । खानामा जति बिबिधता भयो, हामी त्यति स्वस्थ हुन्छौं भिटामिनलगायत पोषण पाउने खाना सेवन गरौं ।
२. नियमित व्यायाम, योग, हाइकिंग गरौं । खेल खेल्ने बानी बसालौं ।
३. घाममा बसौं ।
४. नियमित अनुलोम र विलोम गरौं । यसले फोक्सोको कार्यक्षमता वृद्धि गर्दछ ।
५. चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौं ।
६. बिहान र बेलुका नियमित १,१ चम्चा घ्यु खाने गरौं ।
७. लसुन, प्याज, टिमुर, जिरा, धनियाँ, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौं ।
८. भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौं ।
९. पर्याप्त मात्रामा सुतौं ।
१०. पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौं ।
११. मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौं ।
१२. दिल खोलेर हाँस्ने गरौं ।
१३. नियमित चिया र कफी, दुध (चिनी नहालेको) सेवन गरौं ।
१४. ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौं ।
१५. सरसफाइमा अल्छी नगरौं ।

प्रतिक्रिया दिनुहोस