आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

इस्टर्न रिजन क्रिकेट : सिंगापुरको लगातार दोस्रो जित

AuthorAP Khabar२०७६ फागुन २०, मंगलबार (४ साल अघि) ५०३ पाठक संख्या

फाल्गुन २० काठमाडौं : एसीसी इस्टर्न रिजन टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मलेसियालाई हराउँदै सिंगापुरले लगातार दोस्रो जित हात पारेको छ।

बैंककमा आज भएको खेलमा मलेसियालाई १ सय २८ रनको फराकिलो अन्तरले पराजित गर्दै सिंगापुरले दोस्रो जित हात पारेको हो ।

सिंगापुरले दिएको २ सय ४० रनको फराकिलो लक्ष्य पछाएको मलेसिया १५ ओभर १ बलमा १ सय ११ रन बनाउँदा अल आउट भयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय ३९ रन बनायो । जितसँगै सिंगापुर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसको २ खेलमा ४ अंक भएको छ। यस्तै ३ खेलमा ४ अंक रहेको मलेसिया तालिकाको दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस