आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मृगौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य सुधार  हुँदै

AuthorAP Khabar२०७६ फागुन २२, बिहिबार (४ साल अघि) ३६१ पाठक संख्या

फाल्गुन २२ काठमाडौं ।

मृगौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य सुधार  हुँदै गएको छ । प्रधानमन्त्री  ओली तङ्रिँदै जानुभएको छ ।

उहाँको बुधबार साँझ नै होस खुलेको थियो । उपचारमा संलग्न चिकित्सकले प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको जनाएका छन् ।

प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न थालिसकेको छ ।प्रधानमन्त्रीले बिहीबार बिहान ८ बजेसम्म १० लिटर भन्दा बढी पिसाब गरेको त्रिवि शिक्षण अस्पतालका प्रा.डा. प्रेम खड्गाले जानकारी दिनुभयो । प्रा.डा खड्गाक अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आए पनि अवस्था भने स्थिर छ । अवस्था स्थिर रहे प्रधानमन्त्री ओलीलाई कालो चियासहितका तरल पदार्थ खुवाउने तयारीमा रहेको उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।

प्रधानमन्त्रीलाई अहिले त्रिवि शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण युनिटको आइसियुमा राखिएको छ । प्रत्यारोपणपछि डा. अनिल श्रेष्ठ, डा. सुवास आचार्य लगायतको समूहले प्रधानमन्त्री ओलीको विशेष निगरानी गरिरहनु भएको छ ।

प्रधानमन्त्री ओलीको बुधबार दिउँसो ४ घण्टा ४५ मिनेट लगाएर मृगौला प्रत्यारोपण गरिएको हो । उहाँलाई भान्जी नाता पर्ने ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मृगौला दिनुभएको हो । मृगौला दान गर्नुभएकी समीक्षाको स्वास्थ्यमा समेत सुधार भइरहेको चिकित्सकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस