आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मुल्य फेरि बढयो

AuthorAP Khabar२०७६ फागुन २२, बिहिबार (४ साल अघि) ३९६ पाठक संख्या

फाल्गुन २२ काठमाडौं ।

सुनको मूल्यले बिहीबार नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
छापावाला सुन प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मूल्य नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो । यसअघि फागुन २१ गते सुनको मूल्य तोलामा ८० हजार ५ सय रुपैयाँमा किनबेच भइ नयाँ रेकर्ड बनाएको थियो । तेजावी सुन प्रतितोला ८० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बेरोजगार दर बढ्नु, कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय आर्थिक गतिबिधिमा सुस्तता छाएपछि अन्तर्राष्ट्रि लगानीर्ता सुनतर्फ आकर्षित बन्दा नेपाली बजारमा यसको प्रभाव परेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस