आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सप्तरीमा स्काभेटरको ठक्करबाट बालिकाको मृत्यु

AuthorAP Khabar२०७६ फागुन २२, बिहिबार (४ साल अघि) ४८८ पाठक संख्या

फाल्गुन २२ सप्तरी स्काभेटर ठक्करले दिँदा एक बालिकाको मृत्यु भएको छ । सप्तरीकाे राजगढ गाउँपालिका– ५ मलेखपुरमा भारतको बङ्गाल खरिजाबाग बथरी ग्राम घर भएका इरसाद अलीकी १५ वर्षीया छोरी अलमिनिया खातुनलाई स्काभेटरले ठक्कर दिँदा  मृत्यु भएकाे  हो ।

ठक्करबाट घाइते बालिकालाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पताल ल्याउँदै गर्दा बीच बाटोमा नै मृत्यु भएका प्रहरीले जनाएको छ ।

बालिकाका बुबा एमआरडी इँटा उद्योगमा काम गर्दै आउनुभएको थियो । सोही इँटा उद्योगमा काम गर्ने नम्बर नखुलेको स्काभेटरले बालिकालाई ठक्कर दिएको जिल्ला प्रहरी प्रवक्ता नायक उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस