आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वर्षाको कारण नेपाल र सिंगापुरबीचको खेल रद्द

AuthorAP Khabar२०७६ फागुन २३, शुक्रबार (४ साल अघि) ४८२ पाठक संख्या

फाल्गुन २३ काठमाडौं : वर्षाको कारण एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेट अन्तर्गत नेपाल र सिंगापुरबीचको खेल रद्द भएको छ ।

थाइल्याण्डमा भएको प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा वर्षा प्रभावित भएपछि खेल नै रद्द हुन पुगेको हो। बिहिबार राति परेको वर्षाले मैदान खेल्न योग्य नहुँदा नेपाल र सिंगापुरबीचको खेल टस समेत नभई रद्द गरिएको हो।

खेल रद्द भएसँगै दुवै टिमले एक–एक अङ्क पाएका छन् । तालिकाको शीर्ष दुई टिमले एसिया कप छनोटका लागि स्थान बनाउने छन् । यो खेल नेपालका लागि प्रतिष्ठाका लागि भए पनि खेल नै स्थगित भएपछि नेपाल तीन अङ्क लिएर घर फर्किएको छ ।

पहिलो खेलमा मलेसियासँग पराजित भएको नेपाल दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो । तेस्रो खेलमा थाइल्याण्डलाई पराजित गरे पनि नेपालको शीर्ष २ मा पर्ने सम्भावना सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस