आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नवगायक सुनीलको ‘बुलेट बाइक’ सार्वजनिक

AuthorAP Khabar२०७६ फागुन २३, शुक्रबार (४ साल अघि) ८९९ पाठक संख्या

पुष्पराज खतिवडा
काठामाण्डौं : नवगायक सुनील त्यातले ‘बुलेट बाइक’ बोलको गीत सार्वजनिक भएको छ ।

यो गीतसँगै नेपाली सांगीतिक क्षेत्रमा सुनीलले आगमन गरेका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का सुनीललाई गीतमा अस्मिता अधिकारीले साथ दिएकी छन् ।

‘बुलेट बाइक’ बोलको गीतको भिडियो दुई हप्ता अगाडी युट्युब मार्फत सार्वजनिक गरिएको छ । छोटो समयमै श्रोता दर्शकबाट निकै रुचाईको समेत छ । गीत सुनील आफैंले लेखेका हुन् भने संगीत पनि उनैको रहेको छ ।

टंक बुढाथोकीले गीतको एरेन्ज गरेका छन् । ‘बुलेट बाइक’ गीतको भिडियोको निर्देशन एरेन्जर बुढाथोकीले गरेको गायक सुनीलले बताए ।

ज्ञानेन्द्र शर्माले खिचेको भिडियोको सम्पादन नविन निरौलाले गरेका छन् भने कोरियोग्राफी जोसिफ जोएलको रहेको छ । गीतको भिडियोमा नायक सलोन बस्नेत र मोडल बिना राउतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस