आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोनाको संत्रास : सचेत रहन सर्वसाधारणमा अपिल जिल्लाका १६ स्थानमा कोरोना हेल्फडेक्स

AuthorAP Khabar२०७६ फागुन २३, शुक्रबार (४ साल अघि) ४०७ पाठक संख्या

बारा : नोवल कोरोना भाईरसबाट बाँच्न जिल्लाका सबै पालिका तथा सरकारी कार्यालय, सामाजिक संघ संस्था, सहकारी समेत जुटेका छन् । कोरोना भाइरसका लक्षण, रोकथामका साथै बच्ने उपायका बारेमा सचेतना जगाउने काम भैरहेका छन् ।

बढी भिडभाडमा नजान, शंकालागे तत्काल स्वास्थ्य संस्थामा जान, सरसफाईमा ध्यान दिन स्थानिय सरकारहरुले सुचना नै जारी गरी सर्वधारणमा अपिल गरिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले १६ वटै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरु बेलाएर मानवीय चहलपहल बढी हुने जिल्लाका विभिन्न १३ स्थानमा हेल्फडेक्स राख्ने भनिएको बताए ।

सिमा क्षेत्रको सिम्रौनगढ, कचर्वा ,सिमरा विमानस्थल, गढिमाई मन्दिर लगायतका १३ स्थानमा डेक्स स्थापना गरिने उनले जानकारी दिए । यसका अलावा अन्यत्रसँगै बाहिय मुलुुकबाट आउनेहरुलाई विशेष निगरानी गर्ने, चेतना मुलक पोष्टर पम्प्लेट , संचार माध्यमबाट सुचना प्रवाह गरिने जनाए ।

बढी मानिस जम्मा हुने खालका सभा सम्मेलनको आयोजना नगर्न प्रशासनका तर्फबाट अनुरोध समेत गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

त्यस्तै कलैया अस्पतालनमा तत्काल आईसुलेसन वार्ड संचालनमा ल्याईने सोको तयारी थालिएको उनले बताए । भारतीय सिमा क्षेत्रमा शुरक्षा निकायहरु मर्फत पनि नाबल कोरना भाईरस विरुद्ध पहलहरु भैरहेका छन् ।

गत बुधबारबाट विभिन्न तीन स्थानमा शसस्त्र प्रहरीले कोरोना हेल्फडेक्स नै स्थापना गरी सामान्य रुघाखोकी, ज्वरो आएका स्थानियसँगै भारतबाट नेपाल प्रवेश गर्ने सबैको स्वास्थ्य परिक्षण गरिरहेको छ ।

भारतबाट आवागमन बढी हुने तिन स्थानको पहिचान गरी हेल्प डेक्स स्थापना गरिएको शसस्त्र प्रहरीले जनाएको छ । जिल्लाको कलैया उपमहानगर पालिका वडा नं. १० स्थित मटिअर्वा, सिम्रौनगढ न.पा. ६ स्थित सतुही र सुवर्ण गाउँपालिका वडा नं. ३ स्थित सन्तगंज कबहिगोठमा एकैपटक स्वास्थ्यकर्मी सहितको हेल्प डेक्स स्थापना गरिएको हो ।

बुधबारबाट तीन दिनका लागि स्थापना गरिएको कोरोना हेल्प डेक्समा अहिले सम्म करिब २ हजार जनाले स्वास्थ्य परिक्षण सुविधा लिएका शसस्त्र प्रहरी २८ नं. गणका प्रमुख उपरिक्षक विजय सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस