आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

इपीएलमा युनाइटेडसँग सिटी पराजित

AuthorAP Khabar२०७६ फागुन २६, सोमबार (४ साल अघि) ५१२ पाठक संख्या

फाल्गुन २६ एजेन्सी

 इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले साविक विजेता म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । सोमबारराति भएको म्यानचेस्टर डर्बी भिडन्तमा युनाइटेडले सिटीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्सियल र स्कट म्याकटोमिनीले एक एक गोल गरे ।

खेलको ३० औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा म्याकटोमिनीले गोल गर्दै युनाइटेडलाई २–० को जित दिलाए ।

सिटीका गोलकिपर एडर्सनले खराब प्रदर्शन गरेको खेलमा सिटीका सर्जियो अग्युरोले एक गोल गरेका थिए । तर, उनको गोल भीएआरले अफसाइड देखाएको थियो ।

जितसँगै युनाइटेड लिगको पाँचौं स्थानमा उक्लिएको छ । युनाइटेडले २९ खेलमा ४५ अंक जोडेको छ ।

सिटी ५७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । म्यानचेस्टर डर्बीमा सिटीको हारसँगै उपाधि होडमा लिभरपुललाई सहज भएको छ । लिभरपुल सिटी भन्दा २५ अंकले अघि रहेको छ । लिभरपुलको ८२ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस