आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मन्त्री र सांसदको टोली द्धारा निमार्णाधिन लाल बकैया पुलको अनुगमन

AuthorAP Khabar२०७६ चैत्र १, शनिबार (४ साल अघि) १०६४ पाठक संख्या

आरके श्रीवास्तव ।रौतहट ।चैत १ गते
रौतहट क्षेत्र नं.३ का माननीय सांसद एव पूर्व मंत्री प्रभु साहको पहलमा रौतहटको विभिन्न निर्माणाधीन अवस्थामा रहेको निर्माण स्थलको स्थलगत निरीक्षण कार्य सम्पन्न भएको छ।

रौतहटको बौधीमाई न.पा वार्ड नं. २ इनर्वा घाट लालबकैया नदीमा निर्माणाधिन रहेको पुलको स्थलगत निरिक्षण कार्य भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसंत कुमार नेमवांग तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मंत्री राम ईश्वर राय यादवले गर्नु भएको छ।

करीब ३२ करोड़ ३१ लाखको लगानिमा निर्माणाधीन लालबकैया नदीको यस पुलकों लंबाई २५० मीटर लामो हुँदा पनि नदीको एकातिर दक्षिण बाधमा टासेर पुल निर्माण कार्य भएको हुँदा यसले गाँउ बस्तीको संरक्षण नहुने र भविष्यमा ठुलो समस्या आई पर्ने भएको हुँदा यस्ता समस्याबाट बाच्न र सम्पूर्ण गाउँबासीलाई बचाउन पुलको लम्बाई बढाउन तथा पाँच वटा पाया थप गर्नको लागि बौद्धिमाई न पा वार्ड नं.२ को वड़ा अध्यक्ष रामबाबू प्रसाद कुशवाहाले ज्ञापनपत्र मार्फत अनुरोध गरेका छन ।

पुलकों अवस्था हेरेपछि यसको बारेमा गम्भीर भएर बिचार पुर्याउने तथा लम्बाई र पाया थप गर्नको लागि बसेर कुरा गर्नु पर्ने मंत्री नेमवांगले बताउनु भयो। कार्यक्रममा नेकपा का विभिन्न क्षेत्रका नेतागण तथा भद्रभलादमी,स्थानियहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस