आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बड़हरवा स्थित बागमती पुलको निर्माण कार्य बढाईने: मन्त्री नेमवांङ्ग

AuthorAP Khabar२०७६ चैत्र १, शनिबार (४ साल अघि) ३७१ पाठक संख्या

आरके श्रीवास्तव ।रौतहट ।चैत १ गते
धर्मपुर स्थित रौतहट सर्लाही जोड़ने बागमति नदीमा बनाइएको पुल र प्रोटेक्शन डैममा रहेको प्राविधिक त्रुटीका कारण धर्मपुर, बिनगरा, खड़की सहितका अन्य क्षेत्र अति जोखिमपूर्ण अवस्थामा रहेको स्थिति छ ।

कानूनी अड़चनका कारण त्यसको निराकरणका लागि गर्नु पर्ने कार्य प्रदेश सरकारले गर्न न पाउने परिस्थिति भएकोले प्रदेश राज्य मंत्री मा. डा. डिम्पल झाको विशेष पहलमा केन्द्र सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री मा. बसन्त कुमार नेम्बाङग लाई स्थलगत भ्रमण गराएर प्राविधिक त्रुटि र समाधानको उपाय बारे जानकारी गराउनु भएको छ।

यसका साथै बड़हरवा स्थित बागमति पुल को अधुरो कार्य सम्पन्न गराउन सो पुलको पनि स्थलगत निरिक्षण गराउनु भएको छ । संघीय मन्त्री मा. नेम्बाङग ले समन्वय गरेर धर्मपुर स्थित प्राविधिक त्रुटिको कारण उत्पन्न जोखिÞमपूर्ण अबस्थाको निकास निकाल्ने र बड़हरवा स्थित पुलको निर्माण कार्य पनि अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस