आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गरुडा ट्राफिकले एक महिनामा गर्यो तीन लाख राजस्व संकलन

AuthorAP Khabar२०७६ चैत्र १, शनिबार (४ साल अघि) ६८६ पाठक संख्या

आरके श्रीवास्तव ।रौतहट ।चैत १ गते
रौतहट जिल्लको गरुडा ट्राफिक प्रहरीले एक महिनामा तीन लाख राजस्व संकलन गरेको छ । गत फागुन महिनामा गरुडा ट्राफिकले विभिन्न बस, ट्रक, जीप, टेक्टर, टेम्पु, मोटरसाइकिल समेत लाए कारबाही गरेको थियो ।

सबै सबारी साधन बाट कार्यवाही स्वरुप तीन लाख रुपैया राजस्व संकलन भएको गरुडा ट्राफिक प्रमुख रामनरेश दासले जानकारी गराए ।

ट्राफिक नियम उलंघनको घटना अत्यधिक बढेकाले कार्यबाही गरिएको थियो । पछिल्लो महिना को तुलनामा औसत दश हजार रुपैया बढी दैनिक राजस्व संकलन भएको जानकारी गराइएको छ ।

साथै गरुडा ट्राफिक प्रहरीले हेल्मेट लगाइ सवारी साधन चलाउन पनि सबै आम जनसमुदायमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस