आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कृषि राज्य मन्त्री यादवको पहलमा रौतहटको सुरक्षा निकायका कार्यालयहरुको गरियो अनुगमन

AuthorAP Khabar२०७६ चैत्र २, आईतबार (४ साल अघि) २८८ पाठक संख्या

ओम प्रकाश यादव
चैत्र २ गते, रौतहट ।
प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवको पहलमा आज रौतहटको विभिन्न सरकारी कार्यालयहरुको स्थलगत निरीक्षण गरिएको छ ।

प्रत्येक वर्ष असाढ साउनमा आउने बाढी र वर्षाको पानीले जिल्लाका अधिकांश सरकारी कार्यालयहरु डुवानमा परी ठुलो क्षती हुँदै आएको छ ।

यस वर्ष पनि बाढीबाट कुनै पनि कार्यालय डुवानमा नपरोस तथा क्षति हुन नसकोस भन्ने उदेद्दयका साथ कृषि राज्य मन्त्री यादवको पहलमा आज जिल्लाका सुरक्षासँग सम्बन्धीत सम्पूर्ण कार्यालयहरुको अनुगमन निरीक्षण गर्ने कार्य सम्पन्न भएको छ ।

प्रदेश २ का गृह मन्त्री ज्ञानेन्द्र कुमार यादव र कृषि राज्य मन्त्री योगेन्द्र यादवले आज जिल्ला प्रशासन, जिल्ला प्रहारी, जिल्ला भन्सार, सशस्त्र प्रहारी बोर्डर आउट पोस्टको कार्यालयलाई अनुगमन निरीक्षण गर्नुभएको छ ।

अनुगमनको क्रममा गृह मन्त्री यादवले अधिकांश कार्यालयको भौतिक पूर्वाधार ठिक अवस्थामा नरहेको तथा आवश्यक भौतिक पूर्वाधारको कमीले गर्दा नै वर्षेनी सुरक्षा निकायका कार्यालयहरु डुवानमा पर्ने गरेको बताउनुभएको छ ।
सुरक्षा जस्तो संवेदनशील कार्यालयको रुपमा रहेको जिल्ला प्रशासन, जिल्ला प्रहारी तथा सशस्त्र प्रहरी बोर्डर आउट पोस्टको कार्यालयलाई बाढीबाट जोगाउन तथा उक्त कार्यालयहरुको भौतिक पूर्वाधारको अवस्था मजबुत बनाउन आफु प्रदेश सरकारसँग पहल गर्ने समेत उहाँले बताउनुभयो ।
भारतले बाधेको तटबन्धका कारण पानी दक्षिणतिर जान नसक्दा प्रत्येक वर्ष रौतहट जिल्ला डुवानमा पर्दै आएको छ ।
पानीको निकासको बारेमा आफु भारत सरकारसँग पहल गर्ने र रौतहटबासीलाई बाढीबाट जोगाउन आफु कुनै पनि कसर बाकी नराख्ने आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले प्रतिवद्धता जनाउनुभयो ।
अनुगमनमा सहभागी अर्का कृषि राज्य मन्त्री यादवले बाढी लगाएतका जोखिममा परेका जनतालाई उद्धार गर्ने कार्यमा कुनै कमी हुन नदिन सुरक्षा निकायलाई आग्रह गर्नुभएको छ ।
जनतालाई सुरक्षा गर्नको लागि चाहिने आवश्यक सम्पूर्ण सहयोग गर्न प्रदेश सरकार तयार रहेकोले आम नागरिको उद्धार कार्यमा तादरुकता देखाउन कृषि राज्य मन्त्री यादवले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस