आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

औराहामा भएको दुर्घटनामा एकको मृत्यु एक गम्भिर घाईते

AuthorAP Khabar२०७६ चैत्र २, आईतबार (४ साल अघि) ४०८ पाठक संख्या

एपी खबर
जीतपुर : सिमरा डुमरावाना सडक खण्ड्मा भएको सडक दुर्घटनामा एकको मृत्यु र एक जना गम्भिर घाईते भएका छन् । आईतवार साझँ बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ सिमराबाट डुमरवाना जाने क्रममा ना २६ प २२८२ नम्बरको स्कुटरले रोकि राखिएको ना ५ ख १५१ नम्बर ट्रकमा ठक्कर दिएको हो ।

औराहा चोक भन्दा पुर्व सेजको अगाडी भएको त्यस दुर्घटनामा परि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ कुशमाडीका १७ वर्षिय दिपक चौधरीको मृत्यु भएको छ भने सोहि स्थान बस्ने मनहर्वाका २२ वर्षिय हरेन्द्र चौधरी गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ ।

दुर्घटना भएलगतै उपचारका लागि विरगंज पठाइएको दबैलाई अस्पतालले दिपकको मृत्यु भएको पुष्टि गरेको थियो भने हरेन्द्रको विरगंज न्युरोमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस