आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

इटालीमा कोरोना भाईरस बाट २४ घण्टामा ३ सय ६८ जनाको मृत्यु

AuthorAP Khabar२०७६ चैत्र ३, सोमबार (४ साल अघि) ३४१ पाठक संख्या

चैत्र ०३ एजेन्सी  : कोरोनाभाइरसको संक्रमणबाट उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको मृत्यु भएको पुष्टि भएको छ ।

इटालीका सञ्चारमाध्यमका अनुसार मेयर भ्यालोटीको गत शुक्रबार मृत्यु भएको हो ।

७० वर्षीय मेयर भ्यालोटीको श्वासप्रश्वासमा समस्या आएपछि उनलाई गत मार्च ७ तारिख अस्पतालमा भर्ना गरिएको थियो ।

फोक्सोमा अत्यधिक संक्रमण देखिएपछि उनको शुक्रबार मृत्यु भएको इटालीका सञ्चारमाध्यले जनाएको छ ।

कोरोनाभाइरस संक्रमणका कारण चीनपछि सबैभन्दा धेरै प्रभावित हुने देश इटाली हो । इटालीमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै इलाटीमा थप ३ सय ६८ जनाको मृत्यु भएको र ३ हजार ५ सय ९० जना संक्रमण भएका छन् ।

यसैगरी इटालीपछि इरान, युरोपेली मुलुक स्पेन र फ्रान्स र जर्मनीमा कोरोनाको प्रभाव अत्यधिक देखिएको छ ।

इरानमा आइतबारमा त्र थप १ सय १३ जनाको मृत्यु भएका छ भने एक हजार २ सय ९ जनामा नयाँ संक्रमण देखिएको छ ।

सोमबार बिहानसम्म इरानमा मृतकको संख्या ७ सय २४ पुगेको छ भने संक्रमितको संख्या १३ हजार ९ सय ३८ रहेको छ ।

यसैगरी युरोपेली मुलुक स्पेन र फ्रान्समा पछिल्लो २४ घण्टामा १ सय ३२ जनाको मृत्यु भएको छ । जुमा स्पेनमा ९६ र फ्रान्समा ३६ जनाको मृत्यस भएको छ ।

स्पेनमा थप एक हजार ४ सय ५४ जनामा र फ्रान्समा थप ९ सय २४ जनामा संक्रमण देखिएको छ ।

आज सोमबार बिहानसम्म स्पेनमा २ सय ९२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ७ हजार ८ सयय ४५ पुगेको छ । त्यस्तै फ्रान्समा १ सय २७ जनाको मृत्यु भएको छ भने ५ हजार ४ सय २३ पुगेको छ ।

यता जर्मनीमा आइतबार मात्रै थप एक हजार २ सय १४ जनामा संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ । जर्मनीमा सोमबार बिहानसम्म ११ जनाको मृत्यु भएको छ भने ५ हजार ८ सय १३ संक्रमित भएका छन् ।

यसैगरी विश्वभरि अहिलेसम्म १,६२,६८७ मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ । त्यसको झन्डै आधा (८१,००३) चीनमा भेटिएका हुन् ।

कोभिड–१९ बाट मृत्यु हुने मानिसको सङ्ख्या ६,००० नाघेको छ । त्यसमा आधा अर्थात झन्डै ३,०८५ जनाले चीनमा ज्यान गुमाएका हुन् ।

दक्षिण अफ्रिकाले बुधवारदेखि कोरोनाभाइरसको महामारी फैलिएका देशका नागरिकलाई प्रवेश नदिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस