आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

राैतहट बाट चाईनिज र नल कटुवा पेस्तोल सहित एक जना पक्राउ

AuthorAP Khabar२०७६ चैत्र ३, सोमबार (४ साल अघि) ८४९ पाठक संख्या

अारके श्रीवास्तव , रौतहट ,३ चैत्र ।

रौतहट । रौतहट स्थित सशस्त्र प्रहरीको गस्तीटोलिले चाईनिज र घरेलु पेस्तोल सहित एकजना मानिसलाई पक्राउ गरेको छ ।

जिल्ला स्थित फतुवा बेस क्याम्प बाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर रायमाझीको नेतृत्वमा गएको टोलिले चेकजाँचको क्रममा उक्त हतियार सहित मानिसलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहट साबिक राजपुर तुलसी गाबीस ९ हाल यमुनामाई गापा ३ राजपुर तुलसी ३ का ४९ बर्षिय शेख बैतुलाह रहेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा प्रमुख एसपी रविनराज कर्णजितले बताएका छन ।

बैतुलाहको साथ बाट चाईनिज पेस्तोल १ थान, म्याग्जिन १ थान, ७.६५ एमएमको बौल राउन्ड २ थान, कटुवा पेस्तोल १ थान,मोबाईल २ थान,घडी १ थान नगद ३४८० र केहि बिदेसी र भरतिय रकम नागरिक्ता,सवारी चालक अनुमतिपत्र सहित बरामद भएको एसपी कर्णजितले जनाएका छन ।

साथै अभियुक्तले प्रयोगगरेको बिआर ०५ टि ८१३६ नम्बरको मोटरसाइकल समेत बरामद गरि आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाईएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ ।

घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिराज खड्काले आवस्यक कार्वाही अगाडि बढाईएको बताएका छन।

प्रतिक्रिया दिनुहोस