आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आज नेकपाको सचिवालय बैठक बस्दै

AuthorAP Khabar२०७६ चैत्र ५, बुधबार (४ साल अघि) २९१ पाठक संख्या

चैत ०५ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले विभिन्न कारणले थाती रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र उपाध्यक्ष वामदेव गौतमबारे यसअघि गरिएकाे निर्णय सम्बन्धमा फेरि छलफल थाल्ने भएको छ ।

त्यसको लागि आज नेकपाको सचिवालय बैठक बस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाउनुभएको सचिवालय बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ ।

आजको बैठक प्रधानमन्त्री केपी ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपणपछिको पहिलो हो । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी हुनुहुने सचिवालय स्रोतले जनाएको छ ।

नेकपा नेतृत्वलाई एमसीसी पारित गर्न दबाब परेको छ । केही समययता नेकपामा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने विषयसमेत पेचिलो बन्दै गएको छ ।

आजको बैठकमा यी लगायत अन्य समसामयिक विषयमा समेत छलफल हुने सचिवालय स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस