आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोनाबारे भाइरल अडियो सार्वजनिक गर्नेबिरुद्ध प्रहरीले थाल्यो अनुसन्धान

AuthorAP Khabar२०७६ चैत्र ८, शनिबार (४ साल अघि) ३७२ पाठक संख्या

काठमाडौं : कोरोना भाइरस सम्बन्धि सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियोको विषयमा नेपाल प्रहरीले अनुसन्धान थालेको छ । समाजीक संजालमा कोरोना भाइरस नेपालमा भित्रिइसकेको भनेर गलत अडियो भाईरल गराएर आमजनमानसर्ला गलत सुचना दिएको भन्दै प्रहरीले अनुसन्धान थालेको हो ।

प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको जानकारी दिए । उनले यस्ता गलत हल्ला फैलाउने व्यक्तिलाई कारबाही हुने चेतावनी दिए ।

हाल सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियो क्लिपमा एक व्यक्तिले नेपालमा कोरोना भाइरस भित्रिइसकेको भनेका छन् । नेपाल प्रहरीको साइबर व्यूरोका एसएसपी नविन्द अर्यालले पनि सो अडियोबारे अनुसन्धान भइरहेको बताए ।

पछिलो समय सरकारले कोरोना भाइरसबारे गलत सूचना प्रवाह नगर्न र गरेमा कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस