आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा नगर चैत्र २१ गतेसम्म लक डाउन, विशेष अस्पताल बनाउन ५० लाख बजेट बिनियोजीत

AuthorAP Khabar२०७६ चैत्र १०, सोमबार (४ साल अघि) २१३ पाठक संख्या

एपी खबर
जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाले मंगलबारबाट अत्यावश्क सेवा बाहेक सबै क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । सोमबार जीतपुरसिमराको कार्यपालिका बैठकले कोरोनाको संक्रमण नियन्त्रण गर्ने उद्धेश्य सहित यो निर्णय गरेको हो ।

विश्वभरि नै महामारिको रुपमा फैलदै गएको यस कोरोना भाईरस (कोभिड१९) को नियन्त्रण गर्न चैत्र २१ गते सम्म अत्यावश्क सेवा बाहेक सबै क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । यसैगरी कार्यपालिकाको आकस्मिक बैठकले बिशेष अस्पतालको लागि ५० लाख रुपैयाको बिपत कोष स्थापना गर्ने निर्णय समेत गरेको छ ।

नेपालसंगको खुल्ला सिमाना भएको भारतमा कोरोनाको संक्रमण बढ्दै गएको पाइएपछि त्यसको असर नेपालमा समेत हुन सक्ने सम्भावनाले नेपाल सरकारलेपनि भारत र नेपालको सबै भन्सारबाट आवागमन बन्द गरेको छ भने अतिआवश्यक सेवा बाहेक सबै बन्द आहवान गरसंगै यस नगरपालिकालेपनि आफ्नो नगरलाई लक डाउन गरेको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिनुभएको छ ।

यसअधि चैत्र १० गतेदेखि १६ गतेसम्मका लागि सम्पुर्ण ब्यवसाय बन्द गर्न जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले आहवान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस