आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोनाको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या लगभग १९ हजार

AuthorAP Khabar२०७६ चैत्र १२, बुधबार (४ साल अघि) २५७ पाठक संख्या

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या लगभग १९ हजार नजिक पुगेको छ। मंगलबारमात्रै २ हजार २ सय ९४ जनाको मृत्यु भएको छ । विश्वभर हालसम्म मृत्यु हुनेको संख्या १८ हजार ८ सय ८ पुगेको छ। विश्वभर ४२ हजार ४ सय ५८ जना नयाँ संक्रमित देखिएका छन्।

कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा इटालीमा मात्रै ७ सय ४३ जनाले ज्यान गुमाएका छन्। योसँगै त्यहाँ मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० पुगेको छ। यसैगरी अमेरिकामा थप १ सय ४३ जनाको मृत्यु भएसँगै त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या ६ सय ९६ पुगेको छ।

स्पेनमा कोरोना भाइरसका कारण थप ६ सय ८० जनाको मृत्यु भएको छ भने त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या २ हजार ९ सय ९१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस