आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकामा कोरोना संक्रमणबाट एक नेपालीको निधन

AuthorAP Khabar२०७६ चैत्र १२, बुधबार (४ साल अघि) ३२३ पाठक संख्या

काठमाडौं : अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एकजना नेपालीको निधन भएको छ । मृत्यु हुनेमा न्यूयोर्कको कुइनिस्थित ज्याक्सन हाइटमा बस्ने ५० वर्षीय अनिल लिब्बु रहेका छन् ।

युएसनेपालपोष्टमा प्रकाशित समाचार अनुसार न्यूयोर्कको कुइनिस्थित लिब्बु मधुमेहका साथै उच्च रक्तचापका दीर्घ रोगी थिए । लिम्बुलाई एक साताअघि ज्वरो आउने तथा टाउको दुख्ने भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनको रिपोर्टमा कोरोना भाइरस संक्रमण भएको रिपोर्ट आएको बताइएको छ ।

संघन उपचारमा उपचाररत लिम्बुको मंगलबार निधन भएको समाचारमा जनाइएको छ । कोरोना भाइरस संक्रमणका कारण विदेश्मा निधन हुने उनी दोस्रो नेपाली हुन् । यसअघि एकजनाको बेलायतमा निधन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस