आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोनाबाट संक्रमित १ लाख भन्दा बढी भए ठिक

AuthorAP Khabar२०७६ चैत्र १२, बुधबार (४ साल अघि) ३५५ पाठक संख्या

विरगंज : कोरोनाबाट संक्रमित १ लाख भन्दा बढी भए ठिक भएका छन् । कोरोना संक्रमित व्यक्ति निको नहने आम बुझाइ व्याप्त छ । यही बुझाइका कारण विश्व त्रस्त छ । तर, स्वास्थ्यलाभ गर्ने कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ ।

वर्ल्डओमिटर्सका अनुसार, विश्वका १ सय ९७ देशमा भेटिएका ४ लाख २२ हजार संक्रमितमध्ये १ लाख ८ हजार ८ सय ७९ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका छन् । कोरोना संक्रमितको उपचारमा चीनले उल्लेख्य उपलब्धि हासिल गरेको छ । संक्रमण भेटिएका ७३ हजार ६ सय ५० मानिसलाई निको तुल्याउँदै घर फर्काउन चीन सफल बनेको हो ।

कोरोनाबाट ग्रसित अन्य मुलुकले भने यसमा उल्लेख्य उपलब्धि हासिल गर्न सकेका छैनन् । चीनपछि धेरै मानिसको ज्यान गएको इटलीबाट ८ हजार ३ सय ३६ मानिसले स्वास्थ्यलाभ गरेका छन् । ५४ हजार ८ सय ८ संक्रमित रहेको अमेरिकाले ३ सय ७८ मानिसलाई मात्रै निको पार्न सकेको छ ।

प्रतिक्रिया दिनुहोस