आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लक डाउनमा कालोबजारीयाहरुको बिगबिगी सम्बन्धित निकाय मौन ।

AuthorAP Khabar२०७६ चैत्र १२, बुधबार (४ साल अघि) २८० पाठक संख्या

दिपक चौरसिया 
वीरगंज  :सरकारले कोरोना संक्रमण विरुद्धको लडाइमा राष्ट्र एकताबद्ध भएर लड्नुपर्ने भएकाले ‘लकडाउन’ गरेको छ । सरकारले मंगलबारदेखि विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।

सरकारले औषधी उपचार, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सबै कार्यालय सञ्चालनको लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने निर्णय गरेको छ ।

सरकारले खाद्यान्य अति आवश्यक रहेको भन्दै सो भिडभाड नगरी पालैपालो तरकारी लिन सक्ने जनाएको छ । तर वडा प्रहरी कार्यालय बिर्ताका प्रहरीहरुले बन्द गराउन थालेपछि वीरगंजका आलु, प्याज जस्ता खाद्यान्नहरुमा कालाबजारी बढदै गएको जनाईएको छ ।

एक त लकडाउन हुनै बित्तिकै आलु, प्याज, हरियो तरकारी, ग्यास जस्ता अतिआवश्यक खाद्यान्न सामग्रीका पसलहरु बन्द भएको छ । खुल्ला रहेको ठाउँमा पनि प्रहरीले बन्द गराउन थालेपछि कालाबजारीयाहरुको मनोबल बढन थालेको छ ।

मिना बजारमा केही खुलेका आलु, प्याज गदीमा साविकका दर भन्दा दोब्बर दरमा विक्रि गरिरहदा प्रहरी प्रशासनले त्यस्ता कालाबजारीयाहरुलाई निरुत्साहित गर्नुको साटो झन प्रोत्साहन दिईरहेको आलु लिन गदीमा पुगेका स्थानियहरुले गुनासो गरेका छन । प्रहरीले आलु गदीहरु बन्द गराउन खोज्दा केही स्थानियहरु संग सामान्य भनाभन समेत भएको छ ।
सो सम्बन्धमा पर्साका प्र.जि.अ. विष्णु कुमार कार्की संग बुझदाआफुले तरकारी बजार बन्द गर्ने कुनै निर्देशन नदिएको र यस समयमा कालाबजारी गर्न खोज्नेलाई कडा कारवाहि गर्ने जानकारी दिनुभयाृ ।

प्रतिक्रिया दिनुहोस