आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा उपमहानगरपालिका ४, ९ र २३ मा मास्क र साबुन वितरण

AuthorAP Khabar२०७६ चैत्र १२, बुधबार (४ साल अघि) २५६ पाठक संख्या

एपी खबर
जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४, ९ र २३ ले आ–आफ्नो वडामा मास्क र साबुन वितरण गरेका छ । विश्व ब्यापी रुपमा महामारीको रुपमा फैलदै गएको कोरोना भाईरस (कोभिड १९) को संक्रमणबाट बच्न यी वडाहरुले आ–आफ्नो वडामा समाग्री वितरण गरेका हुन् ।

वडा अध्यक्ष जग्गनाथ घिमिरेको नेतृत्वमा वडा नम्बर ४ मा मास्क ५५ सय र एक सय ६० थान साबुन वितरण गर्नुभयो । यसैगरी वडा नम्बर ९ मा पनि वडा अध्यक्ष प्रभुनाथ प्रसाद चौधरीको नेतृत्वमा मास्क र साबुन वितरण गरीएको छ । ‘

वडा नम्बर ९ मा ५ हजार थान मास्क, एक हजार थान साबुन वितरण गरीएको वडा सदस्य अनिता चौधरीले जानकारी दिनुभयो । उहाँले समाग्री सहित वडाको ११ स्थानमा कोरोना भाईरसबाट बच्ने उपाएको बारेमा बनाइएको सचेतना मुलक ब्यानर समेत लगाएको जानकारी दिनुभयो ।

वडा अध्यक्षको नेतृत्वमा वितरण गरीएको यस अभियानमा नेकपाका जील्ला सदस्य भुदेव चौधरी, वडा सदस्य राधेश्याम चौधरी, प्रभादेबि पासवान, पालिकाका शिक्षा तर्फका प्रतिनिधी अनिल चौधरी, स्वास्थ्य तर्फका प्रतिनिधी सरोजा चौधरी, वडा सचिव संगिता चौधरी, स्थानिय लक्ष्मीकान्त प्यारेलाल, मोतिलाल यादब, राजदेब पासवान र यसप्रकाश चौधरीहरुको सहभागीता रहेको थियो ।

यसैगरी वडा नम्बर २३ मा पनि बुधवार वडा अध्यक्ष असलम देवानको नेतृत्वमा विभिन्न समाग्री वितरण गरीएको छ । वितरण गरीएको समाग्रीमा मास्क २४ सय र साबुन २ हजार थान रहेको वडा अध्यक्ष देवानले जानकारी दिनुभयो ।

भिडभाड नगर्ने भनि राज्यको नियमको पाल्ना गर्दै प्रत्येक वडामा दुई÷दुई जनाले घरघर पुगेर सो समाग्री वितरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस