आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फ्रान्सबाट आएकी १९ वर्षिय संक्रमित युवतीसँगै विमानमा यात्रा गर्ने २ जना कलैया क्वारेन्टाइनमा

AuthorAP Khabar२०७६ चैत्र १२, बुधबार (४ साल अघि) २०७ पाठक संख्या

कलैया : फ्रान्सबाट आएकी कलैयाकी १९ वर्षिय संक्रमित युवतीसँगै विमानमा यात्रा गरेकाहरूको नामावली भेटिएपछि प्रहरीले आफ्ना युनिटलाई निगरानीको निर्देशन दिएको छ ।

सोही क्ररममा बेदेशिक रोजगार वा अन्य कामकाजको सिलसिलामा चैत्र ४ गते कतारको क्यूआर ६५२ नम्बरको जहाजबाट नेपाल आएका यात्रुहरुको विवरण सार्वजनिक भए सँगै बारा जिल्लामा दुईजना प्रहरीको सम्पर्कमा आएका छन् ।

प्रहरीको सम्पर्कमा आएका दुवैजनालाई जिल्ला अस्पताल कलैयाको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभएको छ ।

दुवैजना कलैया उपमहानगरपालिका निवासी रहेका छन् । स्वास्थ्य अवस्थाथा दुवैजनाको सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस