आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शुक्रवार नमाज पढ्ने बारे संयुक्त रुपमा मदरसा मस्जिदका अध्यक्षहरुको प्रेस विज्ञप्ति

AuthorAP Khabar२०७६ चैत्र १३, बिहिबार (४ साल अघि) ८०१ पाठक संख्या

कृष्णनगर, चैत्र  :विश्वमा महामारी को रूपमा फैलिएको कोरोना भाइरस लाई रोक्न समाजमा जनचेतना फैलाउनु पर्ने, स्वास्थ्य लगायत अन्य क्षेत्रमा समेत धेरै अगाडि रहेका राष्ट्र हरू समेत उक्त महामारी रोक्न धेरै चुनौती को सामना गर्दै आएका भारत समेत प्रभावित रहेकाले नेपालमा समेत सबै नेपाली लाई सावधानी अपनाउन आग्रह गर्दै प्रेस विज्ञप्ति जारी गरिएको छ।

नेपाल सरकारले दिएको निर्देशन लाई मुस्लिम समुदायले समेत अपनाई कोरोना भाइसको रोकथाम गर्न र सचेतना अपनाउन, मुस्लिम समुदाय मस्जिदमा अजान दिने तर नमाज पढ्नको लागि मस्जिदमा ४ जना मात्र नमाज पढ्ने भिड भाड न गर्ने र भोलि आउने शुक्रवार को नमाज आ -आफ्नो घर मा पढी नेपाल सरकार ले दिएको निर्देशनको पालन गर्ने आग्रह मौलाना मसहूद खां नेपाली लगायत समुदाय का जिम्मेवार व्यक्ति हरु ले गरेका थिए ।

कपिलवस्तुको कृष्णनगर नगरपालिक मा रहेको जामिया सिराजुलउलुम अलसल्फिया झन्डानगरका अध्यक्ष समीम अहमद नदवी, ५नं.प्रदेश मदरसा बोर्ड समिती का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, मुस्लिम संगठन नेपाल का अध्यक्ष सिराज अहमद फारुकी, राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अलकुफी, मदरसा खादिजुलकुबरा का अध्यक्ष अब्दुल अजीम मदनी, जामिया इस्लामिया नाइमिया का कार्यवाहक अध्यक्ष अब्दुल कलाम खां, मौलाना जमाल हरुको हस्ताक्षरमा प्रेस विज्ञप्ति जारी र हेरा एजुकेशनल एण्ड वेलफेयर सोसायटी शिवराज नगरपलिका का उपाध्यक्ष शैख अरसद मक्की,शैख जैस मक्की लगायतहरु ले प्रेस विज्ञप्ति को समर्थन समेत गरेका थिए|

बरु यस्ताे संकट कालमा नेपाल सरकार ले दिएको निर्देशनको पालना गर्दै यो महामारीको सामना हामी मात्रै होइन बिश्व भरीले गरि रहेको छ। साथ साथै यो रोग बाट बच्नका लागि सरकारले आफ्नो स्तर बाट हुन सक्ने सबै तरिकाले सहयोग गर्दै आएको भन्ने जस्तो कुरा विज्ञप्ति मा भनिएको छ।

प्रतिक्रिया दिनुहोस